राहुल गान्धीको पुनरावेदनमाथि सुनुवाइ गर्न उच्च अदालतकी न्यायाधीशद्वारा अस्वीकार

डिसी नेपाल
१४ वैशाख २०८० १४:४०
416
Shares

काठमाडौं । गुजरात उच्च अदालतका एक न्यायाधीशले बुधवार राहुल गान्धीले दायर गरेको सूरत सत्र अदालतको आदेशलाई चुनौती दिने याचिकाको सुनुवाइ गर्न अस्वीकार गरेकी छिन् ।

समाचार एजेन्सी पीटीआईले रिपोर्ट गरेको छ कि राहुल गान्धीका वकिल पीएस चम्पानेरीले न्यायमूर्ति गीता गोपीलाई मुद्दाको चाँडो सुनुवाइको लागि अपील गरेका थिए। तर, केही समयको सुनुवाइपछि न्यायमूर्ति गीता गोपीले भनिन्– ‘मेरो समक्ष होइन’ ।

राहुल गान्धी उच्च अदालतमा पुगेपछि न्यायाधीश गीता गोपीले सुनुवाइबाट आफूलाई अलग गरिन्। राहुल गान्धीका वकिलका अनुसार अदालत पहिले बुधवार मामिलाको सुनुवाइ गर्न तयार थियो तर जब यो सुनुवाइको लागि आयो, न्यायमूर्ति गीता गोपी त्यसबाट अलग भइन्।

अब उच्च अदालतका कायममुकायम प्रधानन्यायाधीशलाई यो विषय अर्को न्यायाधीशसमक्ष राख्न अनुरोध गरिनेछ ।

मार्च २३ मा सूरतको मेट्रोपोलिटन कोर्टले राहुल गान्धीलाई आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको थियो। यसपछि राहुल गान्धीको संसद सदस्यता पनि खारेज भएको थियो ।

सन् २०१९ मा राहुल गान्धीले दिएको बयानपछि यो मुद्दा दर्ता भएको हो । राहुल गान्धीले यस निर्णयलाई सुरतको सत्र अदालतमा चुनौती दिए र आफ्नो सजायमा रोक लगाउन माग गरे।

यद्यपि, अप्रिल २० मा, अदालतले राहुल गान्धीलाई जमानत दियो तर उनको सजाय रोक्न अस्वीकार गर्यो। राहुल गान्धीको सजायमा रोक लगाइएमा उनको सांसद पदमा पुनर्बहालीको बाटो खुल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *