सी जिनपिङले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग लामो टेलिफोन वार्ता गरे
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि दुई नेताबीच प्रत्यक्ष कुराकानी भएको यो पहिलो पटक हो ।
जेलेन्स्कीले भने कि यो लामो र महत्त्वपूर्ण कुराकानी थियो। अर्कोतर्फ, सी जिनपिङले आफ्नो देश सधैं शान्तिको पक्षमा रहेको र यस संकटसँग जुध्ने एक मात्र उपाय वार्ता भएको बताए।
युक्रेनमा भएको आक्रमणको लागि चीनले रुसलाई अहिलेसम्म निन्दा गरेको छैन। रुसको कारबाहीलाई चीनले खुलेर समर्थन नगरे पनि विगतमा दुई देशबीचको मित्रता बढेको छ ।
गत महिना चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि दुई दिने रुस भ्रमण गरेका थिए । यस भ्रमणका क्रममा जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि आफ्नो ‘प्रिय मित्र’ भनेका थिए ।
तर, केही दिनपछि जेलेन्स्कीले जिनपिङलाई युक्रेन भ्रमणको निम्तो पनि दिएका थिए ।







डिसी नेपाल







Facebook Comment