पाकिस्तानी सेना प्रमुख असिम मुनिर चीन पुगे, के छ भ्रमणको एजेण्डा ?

डिसी नेपाल
१४ वैशाख २०८० १५:५९
116
Shares

काठमाडौं । पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिर चार दिने चीन भ्रमणमा गएका छन् । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) का अनुसार जनरल असिम मुनीरलाई चीन भ्रमणको पहिलो दिन न्यानो स्वागत गरिएको थियो र पीपुल्स लिबरेशन आर्मी (पीएलए) मुख्यालयमा गार्ड अफ अनर दिइएको थियो।

आईएसपीआरले आफ्ना चिनियाँ समकक्षीसँग विस्तृत भेटवार्ता भएको र आपसी सुरक्षाका विषयमा र सैन्य सहयोगका विषयमा छलफल भएको जनाएको छ ।

दुवै सैन्य कमाण्डरले क्षेत्रीय शान्ति र स्थिरता कायम राख्न र सैन्य सहयोग अभिवृद्धि गर्ने आफ्नो संकल्प दोहोर्‍याए।

आईएसपीआरका अनुसार जनरल असिम मुनीरले पाकिस्तान र चीनको सेनाबीचको लामो समयदेखिको सम्बन्धलाई सुदृढ पार्न चीनका सैनिक नेताहरूसँग पनि भेट गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *