वर्षाले नेपाल र कुवेतको खेल अवरुद्ध
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको छ । त्रिवि मैदानमा जारी खेलमा वर्षा भएपछि खेल रोकिएको हो ।
पहिला ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन बनाएर आउट भए । अहिले रोहित पौडेल र कुशल मल्ले नेपालको पारी सम्हालेका छन् ।
पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर नटआउट छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment