‘बाइजु’ र शाहरुख खानलाई जरिवाना
काठमाडौं । मध्य प्रदेशको इन्दौर सहरको जिल्ला उपभोक्ता अदालतले एजुटेक कम्पनी ‘बाइजु’का कर्मचारी र फिल्म सुपरस्टार शाहरुख खान दुवैलाई जरिवाना गरेको छ ।
यस्तोमा प्रशासनिक सेवाको तयारीमा रहेकी एक महिलाको उजुरीको आधारमा उपभोक्ता मञ्चले बाइजुका कर्मचारी र शाहरुख खानविरुद्ध ‘ठगी’ र ‘अनुचित व्यापार अभ्यास’ गरेको आरोपमा यस्तो निर्णय गरेको हो ।
बुधबार उपभोक्ता अदालतले फैसला सुनाएको हो । जसमा महिलाले जम्मा गरेको रु १ लाख ८८ हजारको शुल्क १२ प्रतिशत वार्षिक ब्याजदरमा फिर्ता गर्न आदेश दिइएको छ ।
यससँगै मुद्दाको खर्चबापत रु ५ हजार र मानसिक तथा आर्थिक पीडाबापत रु ५० हजार क्षतिपूर्ति दिन पनि आदेश दिइएको छ ।
उपभोक्ता मञ्चले यो रकम बाइजुजका स्थानीय प्रबन्धक तथा बलिउड अभिनेता शाहरुख खानलाई ‘संयुक्त वा मिलाएर’ तिर्नुपर्ने बताएको छ ।
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, यसको कानूनी अर्थ हो कि यस दायित्वको लागि दुवै पक्ष समान रूपमा जिम्मेवार हुनेछन्।
आयोगले आफ्नो आदेशमा भनेको छ, “प्रतिवादीहरू (बाइजुका प्रबन्धक र अभिनेता शाहरुख खान) धेरै पटक सूचना दिँदा पनि उपस्थित भएका छैनन् र न त उनीहरूको तर्फबाट कुनै प्रतिक्रिया आएको छ, त्यसैले उनीहरूलाई पूर्वपक्ष कारबाही गरिएको छ।”
ती महिला शाहरुख खानको विज्ञापनबाट प्रभावित भई जनवरी २०२१ मा बाइजुको कोचिङमा भर्ना भएकी थिइन् । तर यो कोचिङले दाबी गरे अनुसार सेवा प्रदान गर्न सकेन।
त्यही कारणले ती महिलाले बाइजुका म्यानेजर र शाहरुख खानलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकी थिइन् ।







डिसी नेपाल







Facebook Comment