बेन्जेमाको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जीत
Soccer Football - LaLiga - Real Madrid v Almeria - Santiago Bernabeu, Madrid, Spain - April 29, 2023
Real Madrid's Karim Benzema celebrates scoring their first goal REUTERS/Isabel Infantes
काठमाडौं। स्पेनिस ला लिगामा करिम बेन्जेमाको कीर्तिमानी ह्याट्रिकमा रियल म्याड्रिडले जीत हासिल गरेको छ। शनिबार राति भएको खेलमा रियलले ४-२ को अन्तरले अल्मेरिया माथि जीत हासिल गरेको हो।
रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएकाे खेलमा कप्तान बेन्जेमाले ५ औं मिनेटमा नै सुरुवाती गोल हानेर रियललाई १-० को अग्रता दिलाएका थिए। पाँचाै मिनेटमा पहिलो गोल हानेका उनै बेन्जेमाले १७औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे।
र, ४२औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै आफनो ह्याट्रिक पूरा गर्दै खेललाई पहिलो हाफमा नै ३-० को अग्रता दिलाउन सफल भए।
तर, पहिलो हाफको इन्ज्युरी समयमा अल्मेरियाका लजारोले गोल फर्काउँदै खेललाई ३-१ को स्थितिमा बनाई दिए।
पुन दोस्रो हाफको सुरुवाती ४७औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ४-१ को अन्तरले खेलको स्थीति बनाए भने ६१औं मिनेटमा लुकासले फ्रान्सिस्कोको पासमा गोल गर्दै खेललाई ४-२ को स्थितिमा ल्याई दिए। त्यसपछि कुनै पनि टिमवाट गोल हुन सकेन, अन्ततः खेल ४–२ मा टुंगियो।
यस जितसँगै रियलको ३२ खेलबाट ६८ अंक बटुलेको छ भने पराजित अल्मेरिया ३३ अंक जोडेर १५औं स्थानमा सीमित रहेको छ। दोस्रो स्थानको रियल भन्दा ११ अंक बढी बटुलेर बसेको शिर्षस्थानको बार्सिलोनासँग ६९ अंक रहेको छ।







डिसी नेपाल








Facebook Comment