बेन्जेमाको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जीत

डिसी नेपाल
१७ वैशाख २०८० ७:५९
668
Shares

काठमाडौं। स्पेनिस ला लिगामा करिम बेन्जेमाको कीर्तिमानी ह्याट्रिकमा रियल म्याड्रिडले जीत हासिल गरेको छ। शनिबार राति भएको खेलमा रियलले ४-२ को अन्तरले अल्मेरिया माथि जीत हासिल गरेको हो।

रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएकाे खेलमा कप्तान बेन्जेमाले ५ औं मिनेटमा नै सुरुवाती गोल हानेर रियललाई १-० को अग्रता दिलाएका थिए। पाँचाै मिनेटमा पहिलो गोल हानेका उनै बेन्जेमाले १७औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे।

र, ४२औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै आफनो ह्याट्रिक पूरा गर्दै खेललाई पहिलो हाफमा नै ३-० को अग्रता दिलाउन सफल भए।

तर, पहिलो हाफको इन्ज्युरी समयमा अल्मेरियाका लजारोले गोल फर्काउँदै खेललाई ३-१ को स्थितिमा बनाई दिए।

पुन दोस्रो हाफको सुरुवाती ४७औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ४-१ को अन्तरले खेलको स्थीति बनाए भने ६१औं मिनेटमा लुकासले फ्रान्सिस्कोको पासमा गोल गर्दै खेललाई ४-२ को स्थितिमा ल्याई दिए। त्यसपछि कुनै पनि टिमवाट गोल हुन सकेन, अन्ततः खेल ४–२ मा टुंगियो।

यस जितसँगै रियलको ३२ खेलबाट ६८ अंक बटुलेको छ भने पराजित अल्मेरिया ३३ अंक जोडेर १५औं स्थानमा सीमित रहेको छ। दोस्रो स्थानको रियल भन्दा ११ अंक बढी बटुलेर बसेको शिर्षस्थानको बार्सिलोनासँग ६९ अंक रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *