शहिद स्मारक लिग : हिजाे वर्षाले स्थगित भएकासहित आज चार खेल हुँदै
काठमाडौँ। सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज चार खेलहरू हुँदैछन्। हिजो परेका भारी वर्षाका कारण स्थगित भएका खेलहरूका कारण आज चारवटा खेल एकै दिन हुन लागेका हुन्।
जसअनुसार दुई खेल दशरथ रङ्गशालामा हुनेछ भने दुईबाट खेल एन्फा कम्प्लेक्स, सातदोवाटोको मैदानमा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हिमालयन र आर्मी क्लबका बीचमा खेल हुनेछ। वर्षाका कारण हिजो रोकिएको यो खेल आज दिउँसो ४ः३० बजेवाट सुरु हुनेछ।
यसैगरी, साबिक बिजेता मच्छिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच पनि रंगशालामा नै प्रतिस्पर्धा हुनेछ। सो खेल साँझ ६ बजे सुरु हुने जनाईएको छ।
उता, एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्यांदी क्लब एक आपसमा भिडने छन्। वर्षाका कारण हिजो हुन नसकेको यो खेला आज दिउँसो ३ः३० बजेबाट सुरु हुनेछ। एन्फा कम्प्लेक्समै संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल भने दिउँसो १ बजे सुरु हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment