बिहानै सिन्धुलीमा कार दुर्घटना, दुईको मृत्यु

डिसी नेपाल
१७ वैशाख २०८० ८:५९
2.5k
Shares

सिन्धुली। सिन्धुलीमा आज  बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान बा ८ च ५१३५ नम्बरको कार दुर्घटना परी घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ।

सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालिका– २ पिपलभन्ञ्याङमा सो कार २० मिटर तल खस्न पुगेको थियो। सो दुर्घटना पछि एक महिला र एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको हो।

यसरी मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाई रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *