कारखानामा ग्यास चुहिँदा नौ जनाको मृत्यु, एघार जना अचेत
पञ्जाब। पञ्जाब राज्यको लुधियाना जिल्लास्थित एक कारखानमा आइतबार बिहान ग्यास चुहिँदा नौ जनाको मृत्यु भएको छ भने अन्य ११ जना अचेत अवस्थामा फेला परेका छन्। उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडिआरएफ)को एक समूह घटनास्थल पुगेको छ भने दमकल र चिकित्सकको टोली पनि त्यहाँ पुगेको छ। एनडिआरएफ टोली युद्धस्तरमा उद्धारमा जुटेको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीका एक अधिकारीले ग्यास चुहिएर दुर्घटना भएको बताए पनि त्यससम्बन्धमा विस्तृत विवरण दिएका छैनन्। अनुसन्धान जारी छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment