डाक्टरको घरमा नर्स मृत फेला
काठमाडौं। डाक्टरको घरमा नर्स मृत अवस्थामा फेला परेकी छिन्। काठमाडौंको बोहराटारस्थित डाक्टर सुजन ढकालको घरमा वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अमुना श्रेष्ठ मृत फेला परेकी हुन्।
काठमाडौ प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। ढकाल भने कान्तिबाल अस्पतालमा काम गर्दै आएका थिए।
उनीहरूबीच प्रेम सम्बन्ध रहेको र सम्बन्ध बिग्रिएपछि अनुमाले पासो लगाएको प्रहरीको झण्डिएको प्रहरीले आशंका गरेको भएपनि सो सम्बन्धमा भने केही बताएको छैन।
झुण्डिएको स्थानमा सुसाइड नोट पनि फेला परेको भएपनि प्रहरीले त्यसबारे पनि केही बताएको छैन । प्रहरीका अनुसार वालाजु वृत्तले सो घट्नाबारे अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment