तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम
काठमाडौँ। कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ। राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबिच भएको त्रिपक्षीय समझदारी अनुसार एक साता लामो तालिम प्रदान गरिएको नबिल बैंकले जनाएको छ।
२०८० वैशाख १० गतेदेखि १६ गतेसम्म यो तालिम उपलब्ध गराइएको हो। स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक स्थानीय व्यक्तिहरूलाई साथ दिन यो तालिम सहयोगी हुने अपेक्षा राखिएको छ। उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याइ देश भित्रै उद्यम प्रवर्द्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्यका साथ यो तालिम दिइएको हो। नबिल दिगो बैंकिङ अवधारणा अनुरूप सामाजिक उत्तरदायित्व बहन गर्दै नबिल बैंकले यस कार्यक्रममा आफ्नो आबद्धता जनाएको हो।
उक्त कार्यक्रममा छथर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख लगायत नबिल बैंकका तर्फबाट कोशी क्लष्टर प्रमुख तोपप्रसाद अगस्ती र छथर शाखा प्रमुख कृष्णकुमार साहको उपस्थिति रहेको थियो। उक्त ७ दिने तालिम कार्यक्रममा ५७ स्थानीय उद्यमीहरू सहभागी थिए।
नबिल बैंकका एसएमई, लघुवित्त तथा दिगो बैंकिङ प्रमुख, निरज कुमार बस्नेत डनिलले उद्यमी बन्न चाहानेको लागि उद्यमशीलतामा क्षमता वृद्धि तथा वित्तीय साक्षरताको लागि यो तालिम सहयोगी हुनुका साथै उद्यमशीलता विकास र स्वरोजगार प्रवर्द्धनमा नबिल बैंकको सधैँ साथ रहने जानकारी गराए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment