युएइले छैटौं विकेट गुमायो
काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा युएइले छैटौं विकेट गुमाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएइले २२.५ ओभरमा ९० रन बनाउँदा छैटौं विकेट गुमाएको हो । गुलशन झाले बसिल हम्मिदलाई बोल्ड गरेका हुन् ।
आजको खेलमा बलिङमा नेपाल हावी छ र आक्रमक रुपमा उत्रिएको छ र ६ विकेट लिएको छ । यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी, सन्दिप लामिछाने र ललित राजवंशीले एक-एक विकेट लिएका थिए। यससँगै यूएईले ९० रनमा ६ विकेट गुमाइसकेको छ।
कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिड्न आइपुगेको हो। नेपाल हालसम्म ११ वटा खेलसम्म अपराजित रहेको छ। आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment