१०६ रनमा नेपालले युएइको ९ विकेट लिएपछि पानी परेर खेल रोकियो
काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेल पानी परेपछि रोकिएको छ । खेल रोकिँदासम्म युएइले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको छ ।
आजको खेलमा बलिङमा नेपाल हावी छ र आक्रमक रुपमा उत्रिएको छ र ९ विकेट लिएको छ । नेपालका लागि ललित राजवंशिले ३ विकेट लिए । उनले खेल रोकिनु ठिक अघि आसिफ खान र जहुर खानलाई आउट गराए ।
सन्दीप लामिछाने र करण केसीले दुई तथा सोमपाल कामी र गुलशन झाले एक-एक विकेट लिएका छन् । यससँगै यूएईले १०६ रनमा ९ विकेट गुमाइसकेको छ।
कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिड्न आइपुगेको हो। नेपाल हालसम्म ११ वटा खेलसम्म अपराजित रहेको छ। आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment