अझै रोकिएन वर्षा, छाता ओढेर दर्शक खेल हेर्न कुर्दै (फोटो फिचर)

डिसी नेपाल
१८ वैशाख २०८० १४:५३
1.8k
Shares

काठमाडौँ। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको जारी फाइनल खेल वर्षाको कारण रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टिम नेपाल र पाहुना टिम यूएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको छ। तर, दर्शक भने वर्षा रोकिने र खेल हुने आशमा छाता ओढेर कुरेर बसेका छन्।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २७.३ ओभरको समाप्तिमा ९ विकेटको गुमाएर १०६ रन जोडेपछि वर्षाका कारण रोकिएको खेल सुरु हुन नसकेको हो।

नेपालका लागि ललित राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले दुई दुई र सोमपाल कामी र गुल्सन झाले समान एक एक विकेट लिएका छन्। उपाधि भिडन्त हेर्न मैदान पुगेका करिब २५ हजारभन्दा बढी दर्शक खेल कुरेर बसेका छन्। तर, वर्षा भने भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *