कञ्चनपुरमा बेवारिस शव फेला

डिसी नेपाल
१८ वैशाख २०८० २२:४७
112
Shares

धनगढी । कञ्चनपुरमा बेवारिस अवस्थामा एक जनाको शव फेला परेको छ ।

आइतबार प्राहरीले भीमदत्त नगरपालिका–११ भुजेला नहर किनारमा बेवारिस अवस्थामा अन्दाजी ५५ वर्षीय गहु गोरो उचाई ५ दशमलव २ फिट भएको कालो पाइन्ट खैरो सर्ट कालो कलरको हाइनेक निलो कलरको आस्कोट टाउकोमा ढाका टोपी पातलो शरिर कपाल र दारी जुंगा फुलेको पुरष अचेत अवस्थामा फेला परेको थियो ।

तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । शवको पहिचान भएको छैन ।

मृत्यु भएका पुरुषको शव सोही अस्पतालको शब गृहमा राखिएको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो साढे तीन वर्षको अवधिमा फेला परेका ४६ शवको पहिचान नखुलेको पाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *