डिएलएसका लागि आवश्यक २० ओभर पूरा, नेपाल आवश्यक स्कोरभन्दा धेरै अगाडि
काठमाडौं । हिजो वर्षाले प्रभावित भएर आज रिजर्भ डेमा समेत खेलिएको र आज पनि वर्षाले प्रभावित हुने जोखिम उच्च रहेको एसीसी प्रिमियर कपको फाइनलमा डकवर्थ लुइस विधि (डिएलएस)का लागि आवश्यक २० ओभर पूरा भएको छ । यससँगै अब वर्षाले खेल अवरुद्ध भएमा डिएलएस विधिबाट विजेता घोषणा गर्ने बाटो खुलेको छ ।
आइसीसीको नियमअनुसार ५० ओभरको खेलमा डिएलएस विधिको प्रयोग गर्नको लागि दुवै टिमले कम्तीमा २० ओभर बलिङ गरेको हुनुपर्छ । हिजो नेपालले बलिङ गरेको तर युएइले बलिङ गर्नै नपाएका कारण डिएलएस विधि प्रयोग गर्न नमिल्ने थियो । यद्यपि फाइनलका लागि आज रिजर्भ डे राखिएको हुँदा हिजो खेल स्थगित गरी बाँकी खेल आज खेलिँदैछ ।
यो खेलमा अहिलेसम्म ओभर घटाइएको छैन । त्यसैले युएइ छिटै अलआउट भएको भए पनि यो खेल पूरै ५० ओभरको हो । २० ओभरको खेल हुँदासम्म नेपालले ३ विकेट गुमाएको अवस्थामा २० ओभरमा नेपालको लागि लक्ष्य ४५ रनको हुन्छ । नेपालले धेरै विकेट गुमाएको भए यो लक्ष्य बढी हुने थियो ।
२० ओभरमा ४५ रनको लक्ष्य सेट हुँदा नेपाल भने लक्ष्यभन्दा धेरै अगाडि छ । २० ओभरमा नेपालले ६८ रन बनाइसकेको छ । त्यसैले अहिले नै पानी परेर खेल पूर्ण रुपमा रोकिएमा पनि नेपाल विजेता हुनेछ ।







डिसी नेपाल








Facebook Comment