थ्रीस्टार र खुमलटारको बराबरी, जावलाखेललाई नेपाल पुलिसले हरायो

डिसी नेपाल
१९ वैशाख २०८० १७:३६
468
Shares

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब खुमलटार युथ क्लबसंग बराबरीमा रोकिएको छ ।

मंगलबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा थ्रीस्टारले खुमलटारसंग २–२ गोलको बराबरी खेलेको हो । खेलको चौथो मिनेटमा लाकेन लिम्बुको गोलबाट थ्री स्टारले १–० को अग्रता लिएको थियो ।

पहिलो हाफको इन्ज्युरी समयमा खुमलटारका मेसुके ओलोमोउले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । दोश्रो हाफको ५०औं मिनेटमा स्टेफन समिरले गोल गर्दै खुमलटारले २–१ को अग्रता बनायो भने ६८ औं मिनेटमा थ्रीस्टारका आदित्य शाक्यले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै थ्री स्टार २३ अंकका साथ तालिकाको दोश्रो स्थानमा छ भने खुमलटार १४ अंकका साथ १३ औं स्थानमा छ ।

त्यस्तै मंगलबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा जावलाखेललाई नेपाल पुलिस क्लबले २–१ गोल अन्तरले पराजित गर्यो । पुलिसको जितमा मोसेस ग्याबाह र अहमद हिजाजीले एक एक गोल गरे । जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए । जितसँगै पुलिसले १४ खेलमा १५ अंक जोडेको छ । जावलाखेल १४ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.