शहिद स्मारक ए डिभिजन लिग : रंगशालमा दुईवटा र च्यासलमा एक खेल हुँदै

डिसी नेपाल
२० वैशाख २०८० ९:५२
328
Shares

काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग फुटबलका लागि आज तीनवटा खेल हुँदै छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लब र चर्च ब्वाइज क्लवबीच प्रतिस्पर्धा हुनेछ। जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।

यसैगरी, रंगशालामै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्यांदी क्लब एक आपसमा भिड्ने छन्। सो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ।

उता, च्यासल मैदानमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ। सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.