घरमा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु

डिसी नेपाल
२० वैशाख २०८० १६:५९
4.9k
Shares

तनहुँ । तनहुँमा घरमा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्डअन्तर्गत आँधिखोलामा ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुग्दा सो हताहती भएको हो ।

दुर्घटनामा बन्दिपुर गाउँपालिका–१ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर भुजेल र वर्ष ६९ का सनबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँचजना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *