राम्रो र मुलायम कपाल बनाउन चाहनुहुन्छ? अपनाउनुहाेस् याे विधि

डिसी नेपाल
२१ वैशाख २०८० ७:२१
340
Shares

काठमाडौं। कपालको हेरचाहमा अक्सर तेल प्रयोग गर्न सल्लाह दिइन्छ। तेलले कपाललाई भित्रबाट मात्र होइन, बाहिरबाट पनि पोषण दिने काम गर्छ। कपालको विभिन्न समस्यालाई कम गर्न विभिन्न तेलहरू प्रयोग गर्न सकिन्छ।

यदि तपाईंको कपाल अत्यधिक टुक्रिरहेको छ र टाउकोको कपालको सट्टा टाउकोको छाला स्पष्ट देखिन थालेको छ भने यहाँ उल्लेख गरिएको कपालको तेल लगाउनुहोस्, तपाईंको कपालले अर्को रुप लिनेछ।

आउनुहोस् जानाैं, कपाल लामो र बाक्लो बनाउन मद्दत गर्ने र कपालको वृद्धिमा सहयोगी साबित हुने तेलहरू के-के हुन भनेर।

तिलको तेल

तिल प्राय: खाना पकाउन समावेश गरिन्छ, तर कपालमा तिलको तेलको निकै फाइदाजनक छ। तिलको तेलमा फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । यो तेलले कपाललाई बाक्लो मात्र बनाउँदैन, मुहारमा आउने डन्डीफोर र बिल्डअपलाई पनि हटाउँछ।

अमलाको तेल

भिटामिन सीले भरपूर अमलाको तेलले कपाललाई पूर्ण रुपमा पोषण दिन्छ। यो तेलले कोलाजेन प्रोटिन बनाउँछ, जसले कपाल बढाउन मद्दत गर्छ। यसबाहेक यो तेलको राम्रो प्रभाव कपालको फोलिकल्सलाई पोषण गर्नमा देखिन्छ। अमलाको तेलमा एन्टी इन्फ्लेमेटरी, एन्टिब्याक्टेरियल र एन्टीड्यान्ड्रफ गुण पनि प्रशस्त हुन्छ।

जैतुनको तेल

ओलिभ आयलले कपाललाई राम्रो बनाउनन मधत गर्दछ। यस तेलको एन्टी इन्फ्लेमेटरी गुणले कपालको सतह सफा राख्छ। यसबाहेक जैतुनको तेल, भिटामिन ई एन्टिअक्सिडेन्ट र ओलिक एसिडले समृद्ध कपाललाई क्षति हुनबाट रोक्छ र कपालको वृद्धिलाई बढावा दिन्छ।

बदामको तेल

मीठो बदामको तेल कपालका लागि निकै फाइदाजनक हुन्छ। यो तेलले कपाल पातलो हुने समस्या हट्छ। यसबाहेक यो बदामको तेल भिटामिन र खनिजको राम्रो स्रोत हो। यसमा भिटामिन ई, भिटामिन ए, पोटासियम, जिंक, प्रोटिन र फ्याटी एसिड पनि पाइन्छ, जुन कपालको लागि राम्रो साबित हुन्छ।

अरंडीको तेल

क्यास्टर आयललाई अरंडीको तेल पनि भनिन्छ। यो तेलले कपालको मोटोपन बढाउन मद्दत गर्छ। टाउकोमा मात्र नभई यो तेल कपाललाई बाक्लो बनाउन पनि लगाइन्छ । क्यास्टर तेलले कपाललाई बलियो र नरम बनाउँछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *