काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

डिसी नेपाल
२१ वैशाख २०८० १२:५०
1.4k
Shares

काठमाडौँ। काठमाडौँ महानगरपालिका-९ देबकोटा मार्गबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। देबकोटा मार्गस्थित स्टिकर पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ७ सय रूपैयाँ  र १५ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *