वैदेशिक रोजगारबाट फर्किएकाहरूले खोले संगठन

डिसी नेपाल
२८ साउन २०७५ ८:१७

काठमाडौं । वैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीले आर्जन गरेको पूँजी, ज्ञान र सिपलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले ‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना गरिएको छ। देश विकासमा ती श्रमिकलाई संस्थामा आबद्ध गरी विभिन्न उत्पादनशील क्षेत्रमा सामूहिक लगानी गरी रोजगारी सिर्जना गर्ने योजना छ।

‘रिटर्नी माइग्रेन्ट नेपाल’ का अध्यक्ष उत्तम अधिकारीले विभिन्न सङ्घ संस्थासँग समन्वय गरी वैदेशिक रोजगारीबाट फकिएका नेपालीका सामाजिक हित संरक्षणको क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सरकारले चालू आवको बजेटमा ‘वैदेशिक रोजगारबाट फर्केकालाई परियोजनाका आधारमा रु १० लाखसम्म ऋण उपलब्ध गराइने’ घोषणा गरेकाले त्यसलाई चाँडो कार्यान्वयन गराउन पहल गर्ने संस्थाले जनाएको छ।

पुनः विदेश नफर्कने गरी स्वदेश फर्किएका श्रमिकको तथ्याङ्क संकलन गरी उनीहरूलाई परियोजनामार्फत क्रियाशील गरेर मुलुकको समृद्धिमा उपयोग गरिने छ। प्रवासी श्रमिकसँग सेवा प्रदायक क्षेत्रको अनुभव धेरै भएको हुँदा पर्यटन, ऊर्जा, व्यापारलगायत क्षेत्रमा उनीहरूको पूँजीलाई प्रयोग गरिने छ। सरकारको मातहतमा रहेका रुग्ण तथा बन्द उद्योग सञ्चालनका लागि श्रमिकको लगानीलाई प्रयोग गर्ने वातावरण मिलाउन सरकारलाई संस्थाले आग्रह गरेको छ। -रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *