पहिरोले पाल्पा–बुटवल सडक खण्ड अवरुद्ध, सयाैँ सवारी साधान अलपत्र

डिसी नेपाल
२२ वैशाख २०८० १०:०४
788
Shares

पाल्पा । पहिरो खसेपछि पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको गौडेपुलको कालीमाटी क्षेत्रमा पहिरो खसेपछि सो सडक खण्ड अवरुद्ध हुन पुगेको हो।

सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा नै ठूलो पहिरो खसे पछि सयाैँ सवारी साधान अलपत्र परेका छन्। सडकमा पहिरो खसेपछि सा राजमार्ग हुँदै सुनौली, पोखरा र मुस्ताङसम्म चल्ने सवारी साधन अवरुद्ध हुन पुगेको स्थानियवासीले जनाएका छन्।

त्यसमाथि  सिद्धबाबा सुरुङ मार्ग आयोजनाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिरहेको अवस्थामा पुनः पहिरो गएपछि  सवारीसाधन सडकमा अलपत्र परेका हुन्।

नेपाल प्रहरीले सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाउन सुरु गरेको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *