धार्मिक सांस्कृतिक विषेशताले भरिएको मण्डनदेउपुर {तस्बिर}
काठमाडौं । खुलेको आकास स्वच्छ हावापानी चारै तिर हरियाली खुबै सुन्दर देखिन्छ यतिबेला काभ्रेको मण्डनदेउपुर । काठमाडौंबाट उत्तर–पूर्वमा ५५ कि.मि. दुरीमा रहेको यो नगरमा जो केहीलाई पनि मनै लोभ्याउने स्थानहरु पाउन सकिन्छ ।
यस नगरमा विशेष गरी हिन्दु, वौद्ध र इशाई धर्मावालम्वीहरुको बसोबास रहेको छ । यहाँ ब्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ । यहाँका नागरिकहरुले कृषि, पशुपालन र व्यापारलाई र पर्यटन व्यवसायलाई मुख्य पेशाको रुपमा अँगाल्दै आएका छन् ।
मण्डनदेउपुर काभ्रे जिल्लाकै सबैभन्दा कान्छो नवगठित नगरपालिका पनि हो । प्राकृतिक रुपमा निकै भरिभराउ यहाँ सांकृतिक विविधता पनि उतिकै पाइन्छ। त्यहाका तामाङ समुदायले आज बुद्ध जयन्ती मनाइरहदा ब्राह्मण, क्षेत्री समुदाय कुलपुजामा व्यस्त देखिन्थे। यस्तै धार्मिक सांस्कृतिक विषेशता बोकेको मण्डनदेउपुरका केही तस्बिरहरु डिसी नेपालको लेन्समा समेटिएको छ ।









No ads found for this position

डिसी नेपाल
Facebook Comment