शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन हुँदैन:माधव नेपाल (भिडियो)

डिसी नेपाल
२४ वैशाख २०८० १४:०३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन नहुने बताएका छन्।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंँग कुरा गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न साना ठूला सबैलाई कारबाही गर्नुपर्ने गर्नुपर्ने भन्दै सरकार पछि हट्न नहुने बताएका हुन्। उनले दोषीलाई बचाउन आउने जस्तोसुकै उच्च दबाब सामू कुनै पनि हालतमा सरकार झुक्न नहुने जिकिर गरे।

त्यस्तै अध्यक्ष नेपालले प्रदेश १ को नामाकरण कोशी प्रदेशमा सहमति भईसकेकाले र साझा पहिचान भएकाले विरोध गर्नुको औचित्य नभएको बताए । उनले कोशी नामाकरण कुनै धर्म र संस्कृति संग नजोडिएको र प्राकृतिक सम्पदा भएकाले यसलाई अपनत्व महसुस गरेर अघि बढ्नुपर्ने बताएका छन्।

अध्यक्ष नेपालले कोशी प्रदेशका सबै जातजाति, भाषा धर्म र संस्कृतिको संरक्षणका साथै कुनै पनि समुदायले अपहेलित र उपेक्षित भएको महसुस नहुने गरि सरकारले काम गर्नुपर्ने उल्लेख गरे।

हेर्नहोस् भिडियो:

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *