अनुहार चम्किलाे बनाउन चाहनुहुन्छ, यस्ताे छ अचुक उपाय
काठमाडौं। गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ। धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ।
त्यसैले मौसमलाई बिर्सनु हुँदैन। यसका लागि घरेलु उपचार उत्तम हुन्छ। आज हामी तपाईंलाई दूधको प्रयोगको बारेमा बताउन गइरहेका छौं, जसले तपाईंको अनुहारलाई चम्किलो राख्छ।
-यदि तपाईंले आफ्नो अनुहारमा दूध लगाउनुभयो भने तपाईं सन टेनिङबाट छुटकारा पाउनुहुनेछ र घामबाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्दत पुग्नेछ। र, छालाको टोनिङको लागि पनि दूध उपयुक्त हुन्छ।
-नियमित दूधको प्रयोगले मुहारको छालामा देखापरेका काला धब्बा हराउँदै जानेछ। र, साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुँदैजान्छ। यसले अनुहारमा जमेको धुलोलाई बाहिर निकाल्न मद्दत गर्छ।
–एक चम्चा दूध, एक चम्चा एलोवेरा जेल र एक चम्चा मह मिसाएर अनुहारमा लगाउनाले तपाईंको खुला छिद्रहरू कडा बनाउँछ।
-तपाईं दूधलाई मोइस्चराइजरको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ। केवल आफ्नो अनुहारमा कपास लगाउनुहोस् र १० मिनेटको पछि सफा पानीले धुनुहोस, तपाईंले आफनो अनुहारमा फरक चमक पाउनु हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment