नागार्जुनको एक रेष्टुरेष्टमा आगलागी

डिसी नेपाल
२६ वैशाख २०८० २३:३५
444
Shares

काठमाडौं। नागार्जुनको एक रेष्टुराँमा आज राति आगलागी भएको छ । राति १०ः०० बजे आगलागी शुरु भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेको प्रहरी वृत्त स्वयम्भुले जनाएको छ ।

नागार्जुन नगरपालीका–४ स्थित सरलपुरको मिन्ट लिफ रेष्टुराँमा आगलागी भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक देवीदत्त मोतेले जानकारी दिए।

उनका अनुसार दुई वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । प्रहरीका अनुसार राति ११ः०० बजेसम्म आगो पूर्णनियन्त्रणमा आइसकेको छैन भने आगलागीबाट थप क्षति हुने अवस्था छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *