स्रोत नखुलेको नगदसहित दुई भारतीय नागरिक पक्राउ
पर्सा। बिन्दबासीनी गाउँपालिका-५ प्रसौनिभाठ्ठा पुलस्थित सडकबाट स्रोत नखुलेको १२ लाख नेपाली रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत पूर्वी चमपारण ग्राम पञ्चायत भेलाही बस्ने ४० वर्षीय धनन्जय कुमार गुप्ता र २६ वर्षीय मुसाहेब आलम रहेका छन्।
प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको प्रहरीले वीरगंजबाट प्रसौनिभाटातर्फ जाँदै गरेको बिआर ०५ एस ४७०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment