२.४३ अंकले घट्यो नेप्से परिसूचक, ५८ करोड ९१ लाखको कारोबार

डिसी नेपाल
२७ वैशाख २०८० १५:१८
68
Shares

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक २.४३ अंकले घटेर १८४१.९३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४५ अंकले घटेर ३५३.८० विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६५ कम्पनीको १९ लाख ४२ हजार ६२६ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ९१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन दोलखा हाइड्रोपावरको अग्रिम स्थानमा छ। यसको आज ३ करोड ५६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : नबिल बैंक र शिभम् सिमेन्टको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ५ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा हिमालयन दोलखा हाइड्रोपावर र बाराही हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनसिसि ऋणपत्र र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *