नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्तका लागि व्यवस्थापन समूह गठन गर्दै

डिसी नेपाल
२८ वैशाख २०८० १०:२२
100
Shares

काठमाडौँ। समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन तथा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले व्यवस्थापन समूह गठन गर्ने भएको छ। दुई सदस्यीय व्यवस्थापन समूह गठन गर्न राष्ट्र बैंकले एक सूचना जारी गर्दै  संयोजक र सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ।

संयोजक र सदस्यको सेवा अवधि १ वर्षको हुनेछ। आवश्यकता तथा कार्यप्रगतिका आधारमा ६–६ महिनाका लागि २ पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यस पदका लागि आवेदन दिने आवेदकको उमेर ६५ वर्ष ननाघेको हुनु पर्नेछ।

इच्छुक उम्मेदवारलाई जेठ २७ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *