प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
२८ वैशाख २०८० ११:३२
256
Shares

काठमाडौँ। प्रभु बैंकको १४ लाख ७७ हजार ८२२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले विभिन्न १५ जना संस्थापक सेयरधनीहरुका नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।

बिक्रीमा ल्याएको यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाहरुलाई बिक्री खुला गरिने बैंकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *