सेयर बजार ३.३४ अंकले घट्यो, ५७ करोड ८८ लाखको कारोबार

डिसी नेपाल
२८ वैशाख २०८० १५:०९
44
Shares

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक ३.३४ अंकले घटेर १८३८.५९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ अंकले घटेर ३५३.०९ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर खरिद बिक्री हुँदा ५७ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नेपाल दूरसंचार कम्पनीको अग्रिम स्थानमा छ। यसको आज ३ करोड ५६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : ग्लोबल आइएमई बैंकको प्रमोटर सेयर र शिभम् सिमेन्टको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ३ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त र बाराही हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *