नेपाल इन्स्योरेन्सको खुद नाफा बढ्याे

डिसी नेपाल
२९ वैशाख २०८० १२:४६
56
Shares

काठमाडौँ। नेपाल इन्स्योरेन्सको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५९.६६ प्रतिशतले बढेर २८ करोड ६५ लाख २९ हजार रुपैयाँ कायम छ।

इन्स्योरेन्सले अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो। यसअवधिमा खुद बिमा शुल्क आर्जन ०.०६ प्रतिशतले बढेर ६० करोड १६ लाख ९३ हजार रुपैयाँ पुगेको छ।

साथै बिमा कोषको आकार ३५.८५ प्रतिशतले बढेर ८९ करोड ४३ लाख ६ हजार रुपैयाँ पुगेको छ। चैत मसान्तसम्म अइपुग्दा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ११ पैसाले बढेर २५ रुपैयाँ ५६ पैसा पुगेको हो। प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ०२ पैसा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *