फूलहमकाे जीतसँगै साउथह्याम्टन ११ वर्षपछि रेलिगेसनमा

डिसी नेपाल
३१ वैशाख २०८० ६:३८
140
Shares

काठमाडौं। साउथह्याम्टन इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ। घरेलु मैदानमै फुलहमसँग २-० ले पराजय भएको साउथह्याम्टन ११ वर्षपछि दुई खेल बाँकी रहँदै रेलिगेसनमा परेको हो।

प्रिमियर लिग अन्तरगत शनिबार राति सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिन पुगेको थियो।

दोस्रो हाफको सुरुवाती अर्थात ४८औं मिनेटमा भिनिसियसले गोल गरे पछि फुलहमले १-० को अग्रता लिन सफल भयो र ७२ औं मिनेटमा एलेक्सान्डर मित्रोभिचले ले ह्यारी विल्सनको पासमा गरेको दोस्रो गोल नै निर्णायक हुन पुग्यो। अन्ततः फुलहम २-० ले बिजेता बन्यो।

यस जितसँगै फुलहम ३६ खेलबाट ५१ अंक जोडेर नवौं स्थानमा छ भने पराजित साउथह्याम्टन ३६ खेलबाट २४ अंक जोडेर पुछारमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.