कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी, मोबाईल अफ गरेर फरार

डिसी नेपाल
३१ वैशाख २०८० १२:०३
1.6k
Shares

काठमाडौं। नेपाली कांग्रेसका पूर्व सांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जि जारी भएको हो।

प्रहरी उच्च अधिकारीका अनुसार सो घटनामा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पामाथि थप अनुसन्धानका लागि पक्राउ पुर्जि जारी भएको हो। उनलाई पक्राउ गर्नका लागि शुक्रबार नै जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिईएको छ।

तर, शेर्पा सो घटना सार्वजनिक भए पछि मोबाईल अफ गरी बेपत्ता भएका छन्। उनको प्रहरीले शुक्रबारदेखि नै खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन। सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाँणकाे नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *