विजय लघुवित्त र नयाँ सारथी लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता
काठमाडौँ। विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच बीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको छ।
दुवै लघुवित्तबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको हो। दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृति भएपछि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
यी दुवै लघुवित्तबीच गत मंसिर २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। यी दुवै लघुवित्त बराबरी हैसियत अर्थात १ः१ सेयर स्वाप रेसियोमा मर्जर हुँदैछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment