अमेरिकी डलरको भाउ स्थिर, युरो घट्यो
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ।
यता, युरोपियन युरोको भाउ भने घटेको छ। युरोपियन युरोको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९७ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७७ पैसा रहेको थियो।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६४ रुपैयाँ १७ पैसा, अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ १९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५९ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८० पैसा र बिक्रीमा ९७ रुपैयाँ २५ पैसा निर्धारण गरेको छ।
यस्तै, जापानी यन एकको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा र चाइनिज युअन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।
यता, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा कायम गरिएको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।







डिसी नेपाल







Facebook Comment