शहीद भीमनारायण श्रेष्ठ फुटबल : वीरगञ्ज युनाइटेड फाइनलमा

डिसी नेपाल
१ जेठ २०८० २१:५९
24
Shares
धनकुटा । वीरगञ्ज युनाइटेड क्लब धनकुटामा जारी १५औँ शहीद भीमनारायण श्रेष्ठ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा वीरगञ्ज युनाइटेडले झापा फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।
खेलको २५औँ मिनेटमा वीरगञ्ज युनाइटेडका अम्मर डङ्गोलले गरेको गोल नै निर्णायक बन्यो । खेलको ‘म्यान अफ दी म्याच’ पनि डङ्गोल नै घोषित भए । उनले रु चार हजार पुरस्कार प्राप्त गरे ।
मङ्गलबार वीरगञ्ज युनाइटेड र प्लानिङ ब्वाइज काठमाडाँैबीच फाइनल खेल हुने आयोजक संस्थाले जनाएको छ । विजेता टोलीले उपाधिसहित रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.