शहिद स्मारक ए डिभिजन लिगः रंगशालामा दुई र च्यासलमा एक खेल हुँदै
काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्। जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ।
अखिल नेपाल फुटवल संघ (एन्फा)का अनुसार च्यासल खेल मैदानमा प्रहरीका दुई विभागीय टोली बिच प्रतिस्पर्धा हुनेछ।जसअनुसार सो मैदानमा नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लक एक आपसमा भिड्नेछन्। जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।
यसैगरी, दशरथ रंगशालामा दिउँसो ३ बजे पहिलो खेल सुरु हुनेछ, जुन खेलमा थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ। रंगशालामा नै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र चर्च ब्वाईज भिड्नेछन्। जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment