रेशम चौधरीलाई जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर

डिसी नेपाल
२ जेठ २०८० १७:३४
5.3k
Shares

काठमाडौं। पूर्वसांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जिल्ला र उच्च अदालतले सुनाएको फैसला सजाय सदर गरेको छ।

मंगलबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले सुनुवाइ गर्दै चौधरीलाई जेल पठाउने उच्च अदालत दीपायलको फैसला सदर गरेको हो।

नेता चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखेर सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।

सर्वोच्चको उक्त आदेशसँगै यस मुद्दामा अब उनी जेलमुक्त नहुने भएका छन्।

वि‍.सं. २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा एसएसपी लक्ष्मण न्यौपाने र एक बालकसहित आठ जनाको मृत्यु भएको थियो।

टीकापुर घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *