इन्टर मिलान १३ बर्ष पछि युईएफए च्याम्पिन्सको फाइनलमा

डिसी नेपाल
३ जेठ २०८० ७:३३
1.4k
Shares

काठमाडौं। इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। यस बिजयसँगै इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफलसमेत भएको छ।

एसी मिलानलाई सेमिफाइनलको दोस्रो लेगमा पनि पराजित गरेपछि इन्टर समग्रमा ३-० को नतिजाका साथ फाइनलमा स्थान बनाएको हो। यसअघिको पहिलो लेगमा २-० ले विजयी इन्टर दोस्रो लेगमा १-० ले विजयी हुन पुगे पछि समग्रमा ३-० को जीत निकाल्न मिलान सफल भएको हो।

सानसिरोमा मंगलबार राति भएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिन पुग्यो। निकै रोचक र तिव्र प्रतिस्पर्धात्मक देखिएको खेलमा दुवै पक्षले एक अर्का माथी दबाब बढाएका थिए तर दुवै पक्षले पहिलो हाफमा गोल गर्न सकेनन्।

तर, लोउटारो मार्टिनेजले ७४ औं मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गर्न सफल भएका थिए। उनले सोही गोलवाट मिलानलाई १३ बर्ष पछि फाइनल यात्राका लागि सहज बनाई दिए।

अब इन्टरले लिगको उपाधिका लागि रियल मड्रिड र म्यानचेस्टर सिटी मध्येको विजेता टोलीसँग खेल्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.