अमेरिकी अदालतले दियो मुम्बई हमलाका अभियुक्त राणालाई भारत सुपुर्दगी गर्ने अनुमति

डिसी नेपाल
४ जेठ २०८० ८:३२
268
Shares

नयाँ दिल्ली। सन् २००८ को मुम्बई आतंकवादी हमलाको मुद्दामा जेल परेका तहव्वुर राणालाई अमेरिकी अदालतले भारत सुपुर्दगी गर्न अनुमति दिएको छ।

क्यालिफोर्नियाको एक अदालतले बुधबार आफ्नो आदेशमा ६२ वर्षीय राणालाई सुपुर्दगी गर्न खोजेका अपराधमा सुपुर्दगी गर्न सकिने जनाएको छ। २६ नोभेम्बर २००८ मा भएको मुम्बई हमला पाकिस्तानमा रहेको लश्कर ए तैयब अतिवादीहरूले गराएको थियो।

राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले यी आक्रमणहरूमा पाकिस्तानी मूलका क्यानाडाली व्यापारी तहव्वुर राणाको भूमिकाबारे अनुसन्धान गरिरहेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार राणालाई मुम्बई हमलामा उनको भूमिकाको लागि भारतले सुपुर्दगी गर्न अनुरोध गरेपछि अमेरिकामा पक्राउ गरिएको थियो।

अदालतको सुनुवाइका क्रममा अमेरिकी सरकारका वकिलहरूले ‘राणालाई आफ्नो बाल्यकालको साथी पाकिस्तानी–अमेरिकी डेभिड कोलम्यान हेडली लश्कर ए तैयबमा संलग्न रहेको भन्ने थाहा थियो र उनको गतिविधिका बारेमा जानकार भएर पनि उहेडलीलाई सहयोग गरि नै रहे, सहयोग गरेर उनलाई बचाउन खोजिरहे’ भन्ने तर्क गरेका थिए।

मुम्बईमा भएको आतंकवादी हमलामा ६ अमेरिकीसहित कुल १६६ जनाको मृत्यु भएको थियो। भारत र अमेरिकाबीच सुपुर्दगी सन्धि छ । न्यायाधीशले राणाको भारत सुपुर्दगी पूर्णतया सन्धिको क्षेत्राधिकारभित्र रहेको फैसला सुनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *