नक्कली भुटानी शरणार्थी प्रकरण

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

डिसी नेपाल
४ जेठ २०८० १८:०८
2.6k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरेको हो । नेपालमा रहेका भुटानी शरणार्थीको अधिकारका पक्षमा लामो समयदेखि काम गर्दै आएका रिजाल बिहीबार पक्राउ परेका हुन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा उनको समेत मिलेमतो देखिएपछि प्रहरीले पक्राउ गरेको हो । यसअघि पक्राउ परेका सागर राईले बयानका क्रममा रिजालले ७ लाख रुपैयाँ लिएको भनेका थिए । सोही बयानका आधारमा रिजाललाई पक्राउ गरिएको हो ।

यस प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ परिसकेका छन् । साथै, बिहीबार नै हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *