केरलामा पाँच वर्षिया बालिका बलात्कार गर्ने बाबु र मामालाई ८४ वर्षको जेल सजाय
नयाँ दिल्ली। पाँच वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेको आरोपमा आफ्नै बुवा र मामालाई ८४ वर्षको जेल सजाय सुनाएको छ। केरलाको विशेष पोक्सो अदालतले बिहीबार सो सजाय सुनाएको हो।
देवीकुलम पोक्सो फास्ट ट्र्याक अदालतका न्यायाधीश रविचन्द्र सीआरले दुवै दोषीलाई यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन (पोक्सो), भारतीय दण्ड संहिता र बाल न्याय ऐन अन्तर्गतको कानुन अनुसार कुल ८४ वर्षको जेल सजाय सुनाएको हो।
विशेष अदालतले कैद बाहेक तीन/तीन लाख जरिवाना समेत गरेको र जरिवाना रकम पीडितलाई दिन निर्देशन दिएको सरकारी वकिलले जानकारी दिए। उनका अनुसार पीडितलाई क्षतिपूर्ति दिन जिल्ला कानुन सेवा प्राधिकरणलाई पनि अदालतले निर्देशन दिएको छ।
पीडित युवतीलाई २०२१ मा घरमा बाबु र मामाले पटक–पटक बलात्कृत गरेको र पछिल्लो बलात्कारको घटना २०२१ डिसेम्बर २४ गते बालिकाकी आमाले थाहा पाएपछि बाल कल्याण समितिमा उजुरी गरेकी थिइन्। त्यसपछि उनीहरुलाई पक्राउ गरी अदालतमा लगिएको थियो।
No ads found for this position

Facebook Comment