आर्मी र खुमलटारले अंक बाँडे, हिमालयन शेर्पाले एपीएफलाई हरायो

डिसी नेपाल
५ जेठ २०८० १७:२७
332
Shares

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब एफसी खुमलटारसँग बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आर्मीले एफसी खुमलटारसँग २–२ गोलको बराबरी खेलेको हो । आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक एक गोल गरे । खुमलटारका मेसुके ओलुमोउ र स्टेफेन समिरले एक एक गोल गरे ।

खेलको १४ औं मिनेटमा जगजितले फ्रिकिक मार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ५१ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै खुमलटारलाई २–२ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै आर्मीले १९ खेलमा २६ अंक जोडेको छ । खुमलटारले १९ खेलमा १८ अंक जोडेको छ ।

त्यस्तै शुक्रबार नै एन्फा कम्प्लेक्समा हिमालयन शेर्पाले विभागीय टोली एपीएफ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । हिमालयनको जितमा खामिर गिल्सन,पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले एक एक गोल गरे । एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले एक एक गोल फर्काए ।

जितसँगै हिमालयनले १९ खेलमा २४ अंक जोडेको छ । एपीएफले १९ खेलमा २२ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.