टिपरको ठक्करबाट ४ बर्षिया बालिकाको मृत्यु भएपछि उदयपुरको लालबजार तनावग्रस्त
उदयपुर । टिपरको ठक्करबाट ४ बर्षिया बालिकाको मृत्यु भएपछि उदयपुरको बेलका नगरपालिका ४ को लालबजार तनावग्रस्त बनेको छ ।
मदन भण्डारी राजमार्गको चतरापुल–बेल्टार खण्डमा निर्माण समाग्री ढुवानी गर्ने टिपरको ठक्करबाट स्थानीय अन्दाजी ४ बर्षिया एन्जिला राना मगरको मृत्यु भएपछि घटनास्थल क्षेत्र तनावग्रस्त बनेको हो । आक्रोशित भिडले राजमार्गमा चल्ने २ वटा टिफर र बेलका नगरपालिकाको पानी बोक्ने ट्याक्टरमा आगो लगाएका छन ।
आगो निभाउन गएको चौदण्डीगढी नगरपालिकाको बारुण यन्त्रमा समेत आक्रोशित स्थानीयले तोडफोड गरेका छन् । घटना नियन्त्रणका लागि पुगेको ईलाका प्रहरी कार्यालय बेल्टार को थप टोलीमाथी समेत आक्रमण गरेकाले सदरमुकाम गाईघाटबाट थप प्रहरी टोली परिचालन गरिएको छ ।
बालिकालाई ठक्कर दिने प्रदेश नंं २–०३ ख ४३०९ नम्बरको टिफर र चालक ईलाका प्रहरी कार्यालय रामपुरको नियन्त्रणमा रहेको छ ।







डिसी नेपाल







Facebook Comment