नागरिक उन्मुक्ति पार्टीको नेपाल बन्द फिर्ता

डिसी नेपाल
५ जेठ २०८० १९:०६
1.3k
Shares

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द फिर्ता लिएको छ। नाउपाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ६ गतेदेखि १० गतेसम्म गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको हो।

सरकार पक्षबाट प्रधानमन्त्रीले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भैसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्‍ने प्रतिवद्धता संसदमै जाहेर गरेको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस भएको भन्दै अर्को सूचना नआउँदासम्मका नेपाल बन्द स्थगित् गरिएको नाउपाले बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *