राफेल नाडालले १९ वर्षपछि पहिलो पटक फ्रेन्च ओपन नखेल्ने

डिसी नेपाल
६ जेठ २०८० ९:५५
60
Shares

काठमाडौं । राफेल नाडालले १९ वर्षपछि पहिलो पटक फ्रेन्च ओपन प्रतियोगिता खेल्ने छैनन् ।

१४ पटक पुरुष सिंगल्सको उपाधि जितेका नाडालले हिपको चोटका कारण यस पटक सहभागी हुन पाउने छैनन् ।

उनले भने, ‘यो निर्णय मेरो होइन, मेरो शरीरको निर्णय हो ।’

“मलाई लाग्छ अर्को वर्ष मेरो अन्तिम भ्रमण हुनेछ । यदि म अहिले जान्छु भने, यो मेरो लागि फेरि गर्न सम्भव छैन।”

‘किङ्ग अफ क्ले’ भनेर चिनिने नाडालले फ्रेन्च ओपनमा ११५ खेलमध्ये ११२ खेल जितेका छन् ।

जनवरीमा अस्ट्रेलियन ओपनमा चोट लागेपछि उनी मैदानमा आउन सकेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.