जम्मू कश्मीरमा हुने जी-२० बैठकबारे चीनले के भन्यो ?
काठमाडौं । चिनियाँ विदेशमन्त्रीका प्रवक्ता वाङ वेनबिनले जम्मू–कश्मीरमा हुने जी–२० बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
शुक्रबार एक पत्रकार सम्मेलनमा एक पत्रकारले वाङ वेनबिनलाई सोधे कि चीनले अर्को हप्ता भारत प्रशासित कश्मीरमा हुने जी-२० पर्यटन कार्य समूहलाई बहिष्कार गर्ने रिपोर्टहरू छन्, के विदेश मन्त्रालयले यसको पुष्टि गर्न सक्छ?
जवाफमा वाङ वेनबिनले भने, “चीनले विवादित क्षेत्रमा कुनै पनि प्रकारको जी-२० बैठकको कडा विरोध गर्दछ, चीनले यस बैठकमा भाग लिने छैन।”
जी-२० पर्यटन कार्य समूहको बैठक मे २२ देखि श्रीनगरमा हुने तय भएको छ।
अगस्ट २०१९ मा जम्मू कश्मीरबाट धारा ३७० हटाएपछि जम्मू कश्मीरमा आयोजना हुने यो सबैभन्दा महत्त्वपूर्ण कार्यक्रम हो। भारतले यस वर्ष जी-२० देशहरूको अध्यक्षता गरिरहेको छ।
यो समूहमा भारत बाहेक अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, युनाइटेड किंगडम, अमेरिका र युरोपियन युनियन रहेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment